Friday, April 27, 2012

नेपालमा भारतीय भूमिका

कुनै बेला थियो, नेपालका राजनीतिज्ञ भारतका राष्ट्रिय व्यक्तित्वसँग काँधमा काँध मिलाएर उभिन्थे, राजकाजको मामिलामा। तर समयले नराम्ररी कोल्टे फेरेको छ। आज मुलुकको सबैभन्दा प्रभावशाली नेता र सबैभन्दा ठूलो दलका अध्यक्षको नयाँ दिल्लीका राजनीतिक पंक्तिसँग नगण्य सम्पर्क छ। नेपाल मामिलामा खटिएका कुटनीतिज्ञबाहेक उनको सबैभन्दा गाढा सम्बन्ध 'एजेन्सिज्' का पदाधिकारीसँग हो। यसले नेपालको गौरवमाथि मात्र धक्का लागेको छैन, नेपाली नागरिकको आर्थिक, सामाजिक र राजनीतिक अग्रगमनमा तगारो लगाएको छ।
चन्द्रशेखरजस्ता नेपालमा चासो राख्ने राष्ट्रिय स्तरका भारतीय राजनेता बाटो लागिसके। दिल्ली नेतृत्वलाई सिधै सम्बोधन गर्न सक्ने अन्तिम नेता थिए- गिरिजाप्रसाद कोइराला। उनको देहावसानपश्चात् दिल्लीको 'पेरिफेरल भिजन' अर्थात् किनाराको चासोमा जाकिएको छ नेपाल। यहाँको अनन्त राजनीतिक बबन्डर र वाक्क-ब्याक्क भएका नयाँ दिल्लीका राजनेताहरूले नेपाल मामिलालाई केही कुटनीतिज्ञ, गुप्तचर संस्था तथा काठमाडौंस्थित भारतीय दूतावासको विश्वासपात्र रहेका केही विना-जवाफदेही 'सम्पर्क व्यक्ति' हरूको हातमा छाडिदिएका छन्।
यस्तो अवस्थामा दिल्ली क्रियाशील भई बाबुराम भट्टराई नेतृत्वको माओवादी-मधेसवादी गठबन्धनलाई नेपाली जनमानसमाथि थोपरिदिन पुग्यो। यसलाई छिमेकीले गरेको एक यान्त्रिक गैर-राजनीतिक समाधानको चेष्टा भन्न सकिन्छ, जसले २०४६ पश्चात् ठूलो कसरतसाथ बनेको प्रतिनिधिमूलक राज्य व्यवस्थाका विधि र मान्यताहरूलाई ध्वस्त पारिदिएको छ। कुनै सरकार 'रिमोट कन्ट्रोल' बाट चलाइएको हो भने त्यो वर्तमान सत्ता हो, तर माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो आविष्कारको त्यो पगरी आजसम्म आफ्ना उपाध्यक्षलाई लगाइदिएका छैनन्।
भारतलाई 'विश्व शक्ति' को खुट्किलो उक्लन मैत्री दक्षिण एसियाली वातावरण चाहिन्छ, जुन हालै भारतीय पूर्वराजदूत तथा विदेश सचिव श्यामशरण लगायतको अध्ययन टोलीले गत महिना पेश गरेको प्रतिवेदनमा पनि उल्लेख छ। यो सन्दर्भमा नेपाल-भारत दौत्य सम्बन्ध दक्षिण एसियाली परिप्रेक्ष्यमा एक अनुकरणीय उदाहरण बन्न सक्दछ, तर यसको लागि दिल्लीको राजनीतिक तप्काले नेपालका गतिविधिमा अलि बढी जानकार हुन आवश्यक देखिन्छ। भारतको चाहना दक्षिण एसियामा स्थायित्व हो भने त्यो लोकतन्त्रविना बहाली हुन सक्दैन भन्ने कुरा भारतीय शासक वर्गले पनि बुझ्नु पर्दछ। शान्ति भिœयाउने क्रममा लोकतन्त्रलाई तिलाञ्जली दिने हो भने त्यो निश्चय पनि प्रत्युत्पादक हुनेछ, भारतकै लागि पनि।
मैत्री उपहार
हरेक सीमा स्तम्भपछाडि कुनै न कुनै भारतीय षडयन्त्र लुकेको देख्नु काठमाडौंको बौद्धिक वर्गको नियति नै हो। तर हालैको घटनाक्रमले यस्तो भारत विरोध देखावटी मात्र हो भन्ने कुरा फेरि पुष्टि गरेको छ। हाम्रा शक्ति केन्द्रहरू नयाँ दिल्लीतर्फ लक्षित सत्तोसरापबाट चाकरीमा उत्रन केही बेर लगाउँदैनन्, र माओवादीले त यो प्रवृत्तिलाई विज्ञानमै ढालेको छ। यस्तो अवसरवाद आज टड्कारो देखिएको छ, जब नेपाल र नेपाली राजनीतिमा २०४६ सालपछि दिल्लीले सबैभन्दा बढी भूमिका निर्वाह गरिरहेछ (कसैको बुझाइमा हस्तक्षेपकारीसम्म)। तर हेर्नुस्, काठमाडौंका विश्लेषक, जानिफकारहरूको प्रतिक्रिया भने शून्य! यो मौनताको मूल कारण हो- जडसूत्रवादी तथाकथित भारतविरोधीहरू सबै नयाँ दिल्लीबाट निर्मित भट्टराई सत्तामा सामेल हुनु।
पाँच दशकअगाडि नेपालको उग्र-राष्ट्रवादलाई भारत विरोधको पर्यायवाची बनाइदिएको राजा महेन्द्रले हो। महेन्द्रको वर्तमान अवतारको रुपमा पुष्पकमल दाहालको उदय भएको छ। मे २००८ मा प्रधानमन्त्रीबाट राजीनामा दिएपछि दाहालले दुई वर्षको लागि पूरै देशलाई भारतविरोधी अभियानमा लघारे। त्यतिबेला सल्केको भारत विरोधको दोष धेरैले तत्कालीन राजदूत राकेश सुदलाई दिए, तर आफ्नो सांगठनिक कमजोरीलाई सम्हाल्न पार्टी पंक्तिलाई उत्तेजित बनाइराख्न अध्यक्ष दाहालले चालेको अभियान थियो त्यो। उक्त अभियान फाप्दैन भन्ने बुझ्न दाहाललाई झण्डै तीन वर्ष लाग्यो, अनि मात्र उनले भारतलाई मैत्री सौगातस्वरुप भट्टराई प्रधानमन्त्री मण्डल पेश गरे।
माओवादी-मधेशवादी सत्ता
हरेक राज्यको अन्तर्राष्ट्रिय र दौत्य सम्बन्ध स्वाभाविकतः आत्म-स्वार्थको जगमा बनेको हुन्छ। भारतको नेपालमाथिको चासो मुख्यतः तीन खम्बामा अडेको छ- हिमालय क्षेत्रको भूराजनीतिक स्थायित्व; खुला सीमानाबाट हुनसक्ने अतिवादी घुसपैठमा नियन्त्रण; र, जलविद्युत तथा सञ्चित पानीको प्रयोग। आफ्ना यी लक्ष्यहरू पूरा गर्न भारतले नेपालमा लोकतन्त्र र कानुनी राजको प्रोत्साहन गर्नुपर्ने हो।
निश्चय पनि एउटा 'भारत' छैन; छन् त- नयाँ दिल्लीको परराष्ट्र तथा सुरक्षासम्बन्धी मन्त्रालयहरू ('साउथ ब्लक' र 'नर्थ ब्लक'); सीमापारि तीनतिरका भारतका प्रान्तहरू; गुप्तचर संस्था 'रअ' तथा 'आइबी'; र भारतीय सेना, जसको चासो हिमालय क्षेत्रको सुरक्षा र गोर्खाली भर्तीमा छ। नयाँ दिल्लीमा केही राजनीतिक 'लबिइस्ट', व्यापार घरानाका सम्पर्क व्यक्ति र विश्लेषक-अनुसन्धानकर्ता छन्, जसको नेपालबारे अवधारणा औपचारिक भारतीय परराष्ट्र नीतिसँग मिल्दोजुल्दो रहने गर्छ। फेरि नयाँ दिल्लीमा यस्तो एउटा 'उपनिवेशीय-प्रगतिशील' बौद्धिक तप्का छ, जो छिमेकी नेपालमा उग्रवाम प्रयोगको पक्षमा छ, जसलाई वर्तमान भारतीय संस्थापनको नेपाल नीति स्वीकार्य छ।
भारतीय पक्षले जे-जस्तो नीति निर्माण गरे पनि आखिर नेपालको स्थायित्व तथा लोकतन्त्र रक्षाको काम त नेपाली राजनीतिक समुदाय र वृहत् नागरिक समाजकै हो। राष्ट्रिय स्वाभिमानको प्रतिरक्षाको लागि पनि छिमेकीलाई गुहार्ने त होइन। यदि नयाँ दिल्लीको वर्तमान नीति नेपालको लागि अहितकर छ भन्ने बुझाइ हो भने काठमाडौंका विचार निर्माणकर्ताले सुनिने गरी आपत्ति जनाउनुपर्छ। तर यस्तो आश गर्नु व्यर्थ जस्तै देखिँदै गयो। हाम्रा कतिपय प्रभावशाली राजनीतिज्ञहरूले भारतीय दुतावासबाट आफ्ना माग (नातागोतालाई शैक्षिक सीट, छात्रवृत्ति लगायत) निरन्तर पूर्ति भैरहेका कारण केही बोल्न नसक्ने अवस्थामा छन्। उता नागरिक समाजका व्यक्तित्वहरू मुलभूत विषयमा अडान लिन असक्षम देखिएका छन्।
कसैले नहेर्दा छर्लङ्ग
पक्कै पनि भारत राज्यको नेपालमा माओवादी विद्रोहलाई प्रोत्साहन गर्ने नीति थिएन। तर माओवादीले नेपालमा सशस्त्र युद्धको लागि भारत मुकामको प्रयोग गरेकै हो। युद्धकालको अधिकांश समय भारतको नोइडा, फरिदावाद र अन्य ठाउँमा घरजम गरेका माओवादी नेताहरूमाथि निगरानी र रेखदेखका लागि गुप्तचर खटिएका कुरामा भने कुनै शंका छैन। यहाँ कसले के गरिरहेछन् भन्ने कुरामा नयाँ दिल्ली अनभिज्ञ थिएन, तर नेपाली माओवादीका क्रियाकलापले जब भारतलाई समेत असर पर्ने देखियो, तब मात्र नयाँ दिल्लीले हात उठायो। त्यतिबेला भारतले बाबुराम भट्टराईलाई प्रयोग गर्दै १२ बुँदे सम्झौताको सहजीकरण गरिदियो।
विद्रोही माओवादी २०६४ सालमा खुला राजनीतिमा प्रवेश त गरे, तर शान्ति प्रक्रिया अड्किन पुग्यो। फेरि पनि आफू अग्रसर हुनुपर्ने ठानेर नयाँ दिल्लीले बाबुराम भट्टराईको गठबन्धन सरकार बनाउनतर्फ लाग्यो। भारतीय परराष्ट्र मन्त्रालयमा नेतृत्वको फेरबदलको बेला नेपालमा उथलपुथल हुन पुगेको थियो। साउथ ब्लकमा नयाँ परराष्ट्र सचिव बहाली हुने अवस्था थियो भने लैनचौर दूतावासमा राकेश सुदको ठाउँमा वर्तमान राजदूत जयन्तप्रसाद पदस्थापनको क्रममा थिए। माओवादी तथा विभिन्न रङ्ग र खेमाका मधेसवादी दल एकजुट बनाउने काम गुप्तचर शक्तिको नभई भारतीय कुटनीतिज्ञको हो भन्ने कुरा पत्याउन गाह्रो छ।
भारत किन यसरी क्रियाशील भयो त? जवाफ विभिन्न सुझावका रूपमा मात्र प्रस्तुत गर्न सकिन्छ।
माओवादी दललाई विखण्डनसम्म पुर्‍याउन भट्टराईको गठबन्धन निर्माण भएको हुनसक्छ। माओवादी सत्ता अन्तर्गत मात्र शिविरहरू विघटन हुन सक्दछन् भन्ने विचार थियो कि नयाँ दिल्लीको! केहीले योसम्म विचार गरे कि- लोकतान्त्रिक छिमेकभन्दा नयाँ दिल्लीको पूजा गर्न तत्पर माओवादी नेतृत्वको सत्ता प्रयोग गरिहेरौं। फेरि, दिल्लीको दायाँ हातलाई बायाँ हातले के गरिरहेछ थाहा नभएको पनि हुनसक्छ।
मधेसवादी शक्ति तथा जनतामाथि ज्यादतीमा लागेको माओवादीलाई एकै ठाउँमा ल्याउने योजना भारतको आन्तरिक आवश्यकता अनुरुप रचिएको देखिन पुगेको छ। तर, नेपालका 'सुधि्रएका माओवादी' लाई देखाएर भारतमा फैलिरहेका नक्सलवादी डढेलो नियन्त्रण गर्न सकिएला कि भन्ने दिल्लीको योजना पूरा भएको देखिँदैन। जेहोस्, नयाँ दिल्लीले आफ्नो भयंकर प्रभावको प्रयोग गरेर भट्टराई सत्ताबाटै शान्ति प्रक्रिया टुंग्याउने निश्चय गर्‍यो, जबकि उसले यसअघिका दुई सरकारको हातबाट पनि त्यो अवस्था सृजना गर्न सक्थ्यो। फेरि यो कुरा हामीले कसरी बुझ्ने- एक सासमा भारतीय माओवादीलाई आतंककारीको बिल्ला लगाउँछ, र अर्को सासमा नेपालमा त्यही दर्शन बोकेका माओवादीलाई सत्ताको गद्दीमा चढाउन कसरत गर्दछ नयाँ दिल्ली।
दुई ठूला लोकतान्त्रिक दललाई प्रतिपक्षमा राखेर भट्टराई नेतृत्वको गठबन्धन निर्माण गर्दा नेपाल राज्यको आधारशिलामा ठूलो क्षति पुगेको छ। वर्तमान गठबन्धन सत्ता निर्माणकर्ता नयाँ दिल्ली यस गठबन्धन बन्नका लागि क्रियाशील दुई दस्तावेजबारे पनि जवाफदेही हुनुपर्दछ। ती हुन्- माओवादी दलद्वारा जारी पाँच बुँदे घोषणा र माओवादी-संयुक्त मधेशी लोकतान्त्रिक मोर्चाबीचको चार बुँदे सहमति। यी दस्तावेजमा राष्ट्रिय सेनामा सामुदायिक प्रवेशको मान्यता छ; अपरिभाषित 'आत्मनिर्णयको अधिकार' को कबुल छ; ज्यादति-आरोपितविरुद्धको मुद्दा फिर्ता तथा अदालतबाट दोषी ठहराइएकाहरूलाई माफीको कबुल छ। काठमाडौंको चस्मा लगाएर हेर्ने हो भने नयाँ दिल्लीले नेपालीमाथि यस्तो गठबन्धन लाद्नु 'रियलपोलिटिक' को सर्वघृणित प्रयोग हो।
नेपाली भुमरी
सुरुमा भट्टराई गठबन्धन निर्माणको सीमित लक्ष्य थियो पनि होला नयाँ दिल्लीको- शान्ति प्रक्रियालाई छिटो टुङ्गोमा ल्याउने। तर, नेपाल मामिलामा खेल्न खोज्दा नयाँ दिल्ली नेपाली संक्रमणकालीन तथा संवैधानिक राजनीतिको चक्रब्युहमा तानिएको छ। तर नयाँ दिल्ली यत्तिको क्रियाशील छँदा भारतीय संविधानवादको महान् 'लिगेसी' को फाइदा भने नेपालले पटक्कै पाएको छैन।
नेपालमा शान्ति नयाँ दिल्लीको लक्ष्य हो भने यतिसम्म त नेपाली जनताले चाहेको कुरासँग मेल खान्छ। अफसोच, नयाँ दिल्लीको विचारले नेपालको संवैधानिक लेखन प्रक्रियामा समेत असर पार्न थालेको छ, मुख्यतः शासकीय स्वरुप (प्रत्यक्ष राष्ट्रपतीय अथवा संसदीय) तथा संघीयता अन्तर्गत प्रान्त निर्माणको सन्दर्भमा, के बुझिएको छ भने नयाँ दिल्लीले पहिचानमा आधारित संघीयता र यस अन्तर्गत तराई केन्द्रित प्रान्तहरूको पक्षधर छ, र यसले संविधान लेखनलाई सिधै असर पारेको छ।
दिल्लीले किन यो बाटो रोज्यो, बुझिनसक्नु छ। तराईबासी मधेशी समुदायलाई काठमाडौंबाट सीमान्तकृत पारिनु एक कठोर ऐतिहासिक यथार्थ हो, तर तराई-मधेशमा सीमित प्रान्त निर्माणले त्यस क्षेत्रको गरिबीलाई झन् व्यापक बनाउने देखिन्छ। समावेशीकरणको ओखति पक्कै तराई-मधेशमा सीमित प्रान्त होइन, यदि सीमान्तकृत उत्थानको अपरिहार्य काम अघि बढाउने हो भने। उत्तराखण्डदेखि सिक्किम र भारतका अवधि, भोजपुरी र मैथिल क्षेत्र पूरै छुने गरी नेपालमा प्रान्त निर्माण हुँदैछन् भन्नेबारे भारतीय नेताहरु सुसूचित छन् या छैनन्? सोध्न कर लाग्दछ।
भारतीय राजनेताले यति त स्वीकार्थे होलान् कि, बहुलवाद र लोकतन्त्रले मात्र नेपाललाई स्थिरता दिन्छ, र स्थिरता भारतको चाहना हो भनिन्छ। मसान घाटको शान्ति नभई लोकतान्त्रिक शान्तिबाट मात्र दिगो स्थिरता सम्भव छ। भारतले अन्तर्राष्ट्रिय मान्यता अनुरुप मानवअधिकार, बहुलवाद र शान्तिको चाहना राख्नुपर्ने हो नेपाल र नेपालीका लागि। लोकतान्त्रिक राजकाज तथा संवैधानिक उत्पत्तिको कुरा भने नेपाली नागरिक र उनका जवाफदेही प्रतिनिधिहरूकै हातमा छाडिदिनु बेस्।

कम्युनिस्ट पार्टीमा अमिबा प्रवृत्ति

भारतको कलकत्ता, श्यामबजार इलाकामा २००६ सालमा एउटामात्रै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना गरिएको थियो र संस्थापक नेताहरूले पार्टी विभाजनको त सपना पनि देखेका थिएनन् होला। अहिले २०६९ सालमा कति वटा कम्युनिस्ट पार्टी छन् भन्ने सायद नेपाल कम्युनिस्ट पार्टीका जीवित संस्थापक नरबहादुर कर्माचार्यलाई थाहा पनि नहुनसक्छ।
जीवनको उत्तरार्द्धमा कर्माचार्य दाइलाई नेकपाका विभिन्न घटक, तीभित्रका उपघटकको संख्या, तिनको पहिचान र प्रवृत्तिबारे सोच्दा पनि कहालीलाग्दो हो। सबै घटकबीच पार्टीगत एकता, एकता नभए मोर्चा वा कार्यगत एकताको पक्षपाती रहेका कर्माचार्य दाइको एउटै नेकपा बनाउने सपना 'खयाली पुलाउ'मात्रै हुने हो पो कि? यसै भन्न सकिँदैन।
हुन पनि पार्टी स्थापनाको छ दशकभन्दा बढी वर्षमा नेकपा कति धेरै पटक फुट्यो र कम पटकमात्रै जुट्यो भन्ने भेउ पाउनै मुस्किल छ। त्यस्तो मुस्किल कर्माचार्य दाइ र जुनसुकै नेकपाका नेता कार्यकर्तालाई मात्रै होइन, नेकपाको इतिहास लेखेका भीम रावल र सुरेन्द्र केसी पनिलाई हुन्छ। त्यसरी गाह्रो हुनुको कारण हो, जुट्नभन्दा फुट्न जान्ने पहिचान बनाएका नेताहरूमा अमिबा प्रवृत्ति हुनु। एउटा अमिबा बन्न नपाई त्यसैबाट अर्काे अमिबा बन्ने प्रवृत्ति व्यापक छ। एउटा पार्टी लामो समयसम्म क्रियाशील र बलियो हुन नपाउँदै फु्ट्ने अमिबा प्रवृत्तिबाट कुनै पनि कम्युनिस्ट पार्टी अछुतो छैन।
नेकपाको फुटमा बाहिरबाहिर सैद्धान्तिक र राजनीतिक रंग लिपिएको हुन्छ तर भित्रभित्र भने पार्टी सत्ता कब्जा गर्ने र आफू नेतृत्वमा आसीन हुने महŒवाकांक्षा लुकेको हुँदोरहेछ। त्यस्ता महŒवाकांक्षालाई मलजल गर्न नै गुटउपगुट बनाउने चलन छ। पछिल्लो चरणमा आएर विचारसमूहको नाममा पनि गुटउपगुटै बनाइएको छ। विचारसमूहले त वैचारिक र सैद्धान्तिक समस्यामा आलोचनात्मक भिन्न मत बनाउने र बहसलाई नयाँ उचाइ, गहिराइ र व्यापकता दिने काम गर्नुपर्ने हो। यहाँ त विचारसमूहलाई पदका लागि मोलमोलाइ गर्ने र मुख्य नेतृत्वलाई पदच्युत गर्ने अवैध नियत पूरा गर्ने माध्यमका रूपमा प्रयोग गरिँदैछ। यस अर्थमा विचारसमूह पनि नेतृत्व हत्याउने महŒवाकांक्षा र लालचाकै अर्काे रूप भएको छ। त्यसले सिकार बनाउने क्रममा दुई दशकदेखि एक ढिक्का रहेको माओवादीलाई सग्लो रहन नदिने जोखिम बढ्दो छ।
नेपालको कम्युनिस्ट राजनीतिमा अहिले मूलतः दुई धारबीच संघर्ष छ। एक धारको नेतृत्व माओवादीले गरिरहेको छ भने अर्काे धारको अगुवाइ एमालेले। नेतृत्वका लागि लडाइँ माओवादीभन्दा भिन्न धार र भिन्न विचार अँगाल्दै आएको एमालेमा पनि जारी छ। एमाले अध्यक्ष झलनाथ खनाल र प्रभावशाली नेता केपी शर्मा ओलीबीच नयाँ गठबन्धन बनेपछि माधव नेपाल र ईश्वर पोखरेलको गुटले प्रतिस्पर्धा गर्न थालेको छ। तर ती गुटको द्वन्द्व माओवादीको जस्तो सडक संघर्षसम्म छताछुल्ल भएको छैन न त नेतृत्वको पुत्लादहनसम्म अराजनीतिक नै भएको छ। संसदीय राजनीतिमा रमाएको एमालेभित्र गुटउपगुटको झैझगडा र मेलमिलापको नाटक संसदीय राजनीतिक परिदृश्यमा अनौठो होइन। सरकार, संसद् र पार्टीको सत्तामाथि कब्जाका लागि संसद्वादी पार्टीमा गुटगत द्वन्द्व हुनु अस्वाभाविक होइन।
निजी महŒवाकांक्षा र लालचा पूर्तिका लागि गुटउपगुटको निर्माण गर्ने र त्यसलाई सके दार्शनिक आवरणले ढाक्ने नसके सैद्धान्तिक र राजनीतिक लेपनका साथ कार्यकर्ता र जनतालाई भ्रमित पार्ने काममा माओवादीदेखि एमालेसम्ममा प्रतिस्पर्धा छ। पार्टीको नामदेखि घोषणापत्रसम्म, भाषणदेखि आरोप-प्रत्यारोपको वर्षासम्म हेर्दा देखिन्छ : उनीहरूको नामदेखि कामसम्ममा पाखण्डपन छ। 'जसको सिङ छैन, उसैको नाम तीखे' भन्ने उखान प्रत्येक पार्टीको पुच्छरले चरितार्थ गरेको छ। जसको विचार र व्यवहारमा मार्क्सवाद र लेनिनवादसँग गोरू बेचेको साइनो पनि छैन त्यही पार्टीको नाम एकीकृत मार्क्सवादी लेनिनवादी छ। जसको आचरण माओवाद वा माओ विचारसँग क्रमभंग गर्दै अगाडि बढेको छ त्यही पार्टीको नाम पनि माओवादी नै छ। सिद्धान्त र सिद्धान्तअनुसारको सत्कर्मप्रति कम निष्ठा भएका कम्युनिस्ट नेताहरूले पार्टीको नाममा अनेक पुच्छर गाँसेर आफूलाई सिँगार्न खोज्दा विरोधाभास हुनु स्वाभाविकै हो। सार्वजनिक खपतका लागि लोभलाग्दा नामले सजाउँदासजाउँदै पनि कुरूप यथार्थ कतिन्जेल सम्म लुकाएर राख्न सकिन्छ र?
पार्टीको नाम र नेताहरूको प्रवृत्तिका सन्दर्भमा कम्युनिस्ट राजनीतिको दुई अतिवादी ध्रुवमा रहेका खड्गप्रसाद शर्मा ओलीदेखि नेत्रविक्रम चन्द 'विप्लव'ले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई आक्रमण गर्ने क्रममा अर्धसत्य प्रकट गरेका छन्। ओलीले 'हिंसामा विश्वास गर्ने प्रचण्डलाई कम्युनिस्ट मान्ने हो भने म कम्युनिस्ट होइन' भन्ने सत्यबोध अभिव्यक्त गरेका छन्, आफूले झापा विद्रोहमा गरेको हिंसालाई बिर्सेर। यथार्थमा न दाहाल कम्युनिस्ट हुन्, न त ओली नै। अहिलेलाई त दुवै जना प्रगतिशील र जनमुखी रूपान्तरणको एजेन्डामात्रै बोक्ने वामपन्थी भए पनि धन्य! कम्युनिज्मप्रति आस्था पोखेकै भरमा कोही कम्युनिस्ट हुँदैन न त मार्क्सवादी लेनिनवादी वा माओवादी नामधारी पार्टीका नेता हुँदैमा कम्युनिस्टै होइन्छ।
चन्दले पनि दाहाललाई प्रहार गर्ने क्रममा उनी माओवादी नभएको र आफूहरू मात्रै सच्चा माओवादी भएको उद्घोष गरेका छन्। आफूलाई सच्चा माओवादी सिद्ध गर्न कम्मर कसेका चन्दहरूले जसरी अहिले प्रचण्डपथको सैद्धान्तिक लेपन बेठिक भएको महसुस गर्दैछन् त्यसरी नै माओवादी बिल्ला पनि घाँडो भएको अनुभूत गर्ने दिन आउँछ नै। जहाँसम्म दाहालको सन्दर्भ छ, उनी माओवादीभन्दा बढी प्रगतिशील र जनमुखी रूपान्तरणको एजेन्डा बोक्ने वामपन्थी मात्रै भइरहे पनि ससानो क्रान्ति हुनसक्छ। र, उनको मात्रै जोड चल्यो भने कुनै पनि पुच्छरबिनाको एकीकृत नेकपा बनाउने र त्यसका एकमात्र राष्ट्रपति उम्मेदवार बन्ने सम्भावना पनि रहन्छ।
नरबहादुर कर्माचार्यदेखि दाहालसम्मको एकीकृत नेकपा बनाउने सपना पुरा होला कि नहोला त्यो भने अहिले भन्न सकिने अवस्था छैन। किनभने त्यसलाई साकार तुल्याउन नदिने संक्रामक रोग नेकपाहरूमा व्याप्त छ। अहिले दुई ठुला पार्टीबाहेक अन्य एक दर्जनजति नेकपा पनि विभिन्न पुच्छर झुन्ड्याएर क्रियाशील छन्। ठुला हुन् या साना, सबैजसा नेकपा वा अन्य नामधारी कम्युनिस्ट पार्टीमासंकीर्ण सोचको रोग छ। आफूमात्रै ठीक, अरू सबै बेठिक, आफ्ना मान्छेको भनाइमात्रै सही, अरू पार्टी र पार्टीबाहिरका मानिसको विचार गलत ठान्ने अनि अरू दल र गुटसँग राजनीतिक छोइछिटो गर्ने कामले संकीर्णतावादको रोगबाट मुक्त हुनैदिँदैन। एकातिर नेतृत्व हडप्ने महŒवाकांक्षा, त्यही महŒवाकांक्षालाई मलजल गर्ने गुटउपगुटको निर्माण अनि तिनलाई भरथेग गर्ने संकीर्णतावादी सोचाइले नेकपाहरूलाई भित्र र बाहिर एकीकृत हुन दिँदैन। न प्रगतिशील र जनमुखी रूपान्तरणको एजेन्डा बोक्न र लागु गर्न दिन्छ। नेकपाका नेताकार्यकर्तामा आलोचनात्मक विवेक जगाउनुको साटो संकीर्णतावादी सोचाइ फैलाउने कामले पार्टीलाई गुटउपगुटको मैदानमात्रै बनाउँछ र अन्त्यमा अन्तरकम्युनिस्ट पार्टी एकता होइन, फुटको खाडलतिरै जाक्छ।
पार्टीभित्रको होस् या पार्टीबाहिरको सत्ताबाहेक अरू सबै भ्रम भन्ने थेगो कण्ठ गर्दै, प्रगतिशील र जनमुखी रूपान्तरण र संघर्षलाई भन्दा पनि आफ्नो पार्टी वा गुटलाई महान् र गौरवशाली ठान्ने अनि कार्यकर्ता बढी पाल्न र संरक्षण गर्न सक्ने नेताप्रति गौरवान्वित हुने मनःस्थिति त्याग्न नसकेसम्म विभाजन अनिवार्य र स्वाभाविक भइरहन्छ। छुट्टाछुट्टै चुल्होचौकामा खाएर एकताको राग अलाप्ने नेताकार्यकर्ताहरू यस्ता प्रश्नमा आत्मालोचनात्मक ढंगले सोच्न तम्तयार छन्? नेकपाको ६३औँ स्थापना दिवसले उठाएका यस्ता प्रश्नको उत्तर खोज्नु जरुरी छ।
पहिले किसान, मजदुर, महिला र दलितका सबाल उठाएर भुइँतहमा केही संघर्ष गर्दै स्थापित भएका नेकपाहरू अचेल प्रगतिशील र जनमुखी एजेन्डाबिनाका भुइँफुट्टे दल भएका छन्। यस्ता भुइँफुट्टे पार्टीहरू नेतृत्वको महŒवाकांक्षा, गुटउपगुटमा विभाजन र संकीर्णतावादी सोचाइको रोग सल्किनासाथ विभाजित हुने गरेका छन्। फेरि पनि भुइँतहबाटै गरिखाने जनताका सबाल उठाउने, उनीहरूको संघर्षकै बीचबाट नेतृत्व स्थापित गर्ने अनि टुटफुट र गुटको राजनीतिलाई निःशस्त्र पार्ने काममा कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताको ध्यान र समय गएन भने नेकपाको ६३औँ स्थापना दिवसले उठाएका प्रश्न अनुत्तरितै रहने छन्।

Thursday, April 26, 2012

सघिय बिधायक कति

तराईमा भासिक आधारमा प्रदेश


जग हसाउने काम नगर

माओवादीमा अहंकार

इतिहास, विचार, जनमत, संगठनलगायत सबै थोकले साथ दिए पनि चुनौतीहरुको चक्रव्यूहको तुलनामा योग्य नेतृत्व नपाउँदा महँगो मूल्य नेकपा (एमाले) र नेपाली कांग्रेसले चुक्ता गरे। अभागी मृग ब्वाँसोको फन्दामा पर्नुसरहको त्यो दुर्गति अब माओवादी भोग्दै छ। अन्तर्द्वन्द्व, छलछाम र षड्यन्त्र चरम चुलीमा छ। चुलिएको महत्वाकांक्षा र अभिनय गरिएको छलकारी नाटकबीच विरोधाभास छ। प्रेमीले विवाह गर्नुअघि पे्रमिकालाई आकाशका तारा झारिदिन्छु भन्छ, विवाहपछि बंगारा। यस्तै अनाचार गरी करोडपति कमान्डरहरुले आफ्ना सहकर्मीहरुका चेक खोसेर रोडपति बनाइदिएका छन् । माओवादीमा करोडपतिविरुद्ध रोडपतिहरुले स्ाडक तताएका छन् र अवकाश रोजेका छन्। पद, पैसा र प्रतिष्ठाको पछि नेतृत्व र कार्यकर्ताहरु भौतारिँदा र भिडबाट पार्टी डोरिँदा यस्तो संकट हातलागी हुन्छ। माओवादीमा जोरजम्मापछि झगडाले स्थान पाएको छ। यस वास्तविकतालाई आत्मसात गर्दै संकटबाट पार पाउन जनतास्ामक्ष कुरा प्रस्ट राख्नुपर्नेमा उपाध्यक्ष मोहन वैद्य सुन्दर सौन्दर्यशास्त्र र कुरुप युद्धबीच पिङ खेलेर कार्यकर्ता अल्मल्याइरहेका छन् भने अध्यक्ष पुष्पकमल दाहाल युद्ध र बुद्धको बीचमा असंगतिपूर्ण अशोक कथाको नाटक मञ्चन गर्दैछन्। पञ्चशीलको सिद्धान्त र माओवादी आचारण विपरीत धु्रव हुन्। अहिंस्ाा, क्षमा, दया, परोपकार र शान्तिले प्रत्याक्रमणको चरणमा रहेको. जनयुद्धस्ाँग कुनै सम्बन्ध राख्दैन। माओवादी ढाँटको राजनीतिलाई बौद्ध धर्मसँग जोड्नु निरर्थक प्रयास हो। अंगुलीमाल र अशोकले आफ्नो कुरुप अनुहार चोख्याउन बुद्धम् शरणम् गच्छामी भने होलान्। तर, बौद्ध धर्मको अवधारणागत महत्ता एकदुई जना महत्वाकांक्षीहरुको लहडमा कहिल्यै निर्भर रहेन। बौद्धमार्गी हुनेदेखि युद्ध छोड्नेसम्मका नाटक गर्न छाडी माओवादी नेताहरुले पार्टीलाई मेल, साथीलाई दिल र जनतालाई घुलमिलको खुराक दिएर राजनीतिलाई दिशा दिनु बुद्धिमानी हुन्छ।

हान्ने र हिँड्ने दाउ
आलु खाएर पेडाको धाक जति लगाए पनि माओवादी दरबार, दिल्ली र खाँटी उग्रवामपन्थीहरुको खिचडी थियो। हतियार बिसाउनुमात्र उग्रवामपन्थीजस्तो राजनीतिक कुष्टरोगबाटको उन्मुक्ति होइन। दिल्ली, पूर्वदरबारिया र भारतीय उग्रवामपन्थीहरुसँग सम्बन्धका अवशेषले काम पाएसम्म यो पार्टी र यसभित्रका अमूक गुटहरु एमाले कित्तामा आएर पूर्ण लोकतान्त्रिक एवं सच्चा क्रान्तिकारी बन्न सक्दैनन्। सम्पूर्ण जनआन्दोलनकारी शक्तिको पहल र सामर्थ्यमा हाँसिल सफलता र सत्तालाई एकलौटीरुपले कब्जामा लिन हान्ने र हिँड्ने (हिट एन्ड रन) नीति अर्को चुनावमा वाईसीएल संस्करणमा प्रयोग गर्ने दाउ माओवादीका सबै गुटले हेरिरहेका छन्। बुद्ध र युद्ध अन्ार्गल चर्चा अरु दललाई अल्मल्याउनमात्र हो।
अहंकार अर्थात् अन्धकार
राजनीतिमा अहंकार अन्धकार भविष्यतिरको यात्राको प्रस्थान विन्दु हो। संविधानसभा निर्वाचनपछि माओवादी कार्यकर्ताले ठानेजस्तो विशेष धातुले बनेको पार्टी रहेन। कुनै समयमा कार्यकर्ताआधारित उक्त पार्टी क्रमशः सभासद्, केन्द्रीय सदस्य र केही थान मन्त्री आधारित पार्टी भइसकेको छ। राजनीति फापेका र नफापेका अर्थात् हुने र नहुनेबीचको खाडल त्यहाँ एमाले र कांग्रेसमा भन्दा पनि भयावह छ। कार्यकर्ताले समयमै पूर्वानुमान गरेको संकटको विकाराल स्वरुपबारे सुन्ने कान नेतृत्वसँग छैन। २०४८ र २०५९ सालतिर विजयोन्मादका कारण कांग्रेस र एमालेका सांसदहरु पृथ्वी आफैँले थामेको र सृष्टिको आखिर घडी त्यही कालखण्ड रहेको भ्रममा हुन्थे। त्यसरी नै आज माओवादीभित्रका केही थान जोडीहरु र केही दर्जन युद्ध सरदारहरु सभासद् र आलोपालो मन्त्री हुँदा अहंकारले अन्धा भएका छन् । कसको पीडा कति छ भनेर खोजी गर्ने सद्बुद्धिको स्थान कसले कति कमायो र कति सुविधा पायो भनेर जल्ने 'विनाश काले विपरीत बुद्धि'ले काम भएको छ। एक खेमाले अर्को खेमालाई लगाएका आरोप केलाउने हो भने कोभन्दा को कमको अवस्था छ। राज्यसत्तामा तर मार्न दाहाल र भट्टराई पक्षधरले पाएका छन् भने समानान्तर सत्ताको आडमा कब्जा गरिएका घर, जग्गा र सम्पत्तिमा मनोमानी मोहन वैद्य पक्षधरहरुको छ।
वैद्य र क्रमभंग
मोहनविक्रम सिंह र निर्मल लामासँगको सहकार्य र संघर्षको बेला होस् वा दाहाल र बाबुराम भट्टराईको सामदामसामु, जीवनभर वृष्टिछायाँमा पर्नु मोहन वैद्यको प्रमुख चिनारी बन्यो। अर्थात् वैद्यलाई कमरेड तेस्रा भन्दा अत्युक्ति हुँदैन। सँगसँगै सत्य के पनि हो भने समय सधैँ स्थिर रहँदैन। मोहनविक्रम स्कुलिङका पाका हस्तीहरु रामबहादुर थापा, सीपी गजुरेल, हरिभक्त कँडेलदेखि पुष्पलाल स्कुलिङ हुँदै एमालेको करिस्मा बढाइदिएका शिवराज गौतम, खगेन्द्र खड्काले सम्म एकाएक धोका दिएर दाहालसामु आत्मसमर्पण नगरेको खण्डमा कमरेड तेस्राको स्थान र आकर्षणमा क्रमभंग हुने सम्भावना बलशाली छ। आफ्नो पार्टीको अखण्डित जीवनको पक्षमा दृढतापूर्वक अडिएर होस् वा नैतिकता र जबाफदेहीको बलले जोश र जाँगर भएका असन्तुष्ट कार्यकर्तालाई गोलबन्द गरेर, वा आफूप्रतिको आकर्षणलाई राजनीतिक पुँजीमा बदल्ने सुन्दर अवसरको सदुपयोग गरेर वैद्यले माओवादी संस्थापनका अतिरिक्त अन्य दलहरुलाई आगामी दिनमा ओठतालु सुकाइदिने खतरा छ। विधिदेखि विद्रोहसम्मलाई सम्बोधन गर्ने हुनाले नै राजनीतिलाई सर्वश्रेष्ठ नीति मानिन्छ। माओवादीको चलाखी वा रुपान्तरणको चाल हेरेेर अन्य दलहरु योग्य हुनसक्नु वा चुक्नुसँग नेपालको भविष्य निर्भर छ।
बाबुरामको सही कद
विद्यार्थी कालमा बाबुराम नामले वाहीवाही बटुले पनि कठोर राजनीति वृत्तले बाबुरामलाई फुच्चेराम बनाइदिएको छ। इतिहास, विचार, संगठन, जोखिम, जबाफदेही, रचनात्मकता र लोकप्रियता कुनैै हिसाबले पनि बाबुराम भट्टराई समकालीन अन्य नेताभन्दा विलक्षण देखिएनन्। दाहाल नेतृत्वको सरकारका बेला विशेषगरी सेनापति काण्डताक उच्शंृखल अभिव्यक्ति दिन उनी पनि चुकेनन्। त्यति बेलाको उत्तेजना र अहिलेको परिपक्वता दाँज्दा सन्देहास्पद भूमिकाको गन्ध आउँछ। प्रधानमन्त्री चयनको क्रममा दाहालले भोगेको सात पटकको पराजय र उम्मेदवार बदल्दा पहिलो प्रयासमै भएको जितबाजीले भट्टराईको अवसरवाद सर्वांग भयो । धोबीघाट गठबन्धन भट्टराईले आजसम्म चढेका असंख्य अवसरवादी भर्यारङमध्ये जीवनकै महत्वपूर्ण हो। मन्त्रिमण्डल गठनकै क्रममा उक्त गठबन्धनरुपी सुन कुसुरीको गला रेटेपछि भट्टराईका जरा खोजी हुन थाल्यो। पार्टी, साथी, सहयात्री अन्य दल, संविधानसभा, संसद्लाई समेत गुमराहमा पारी गरिएको बीप्पा सम्झौताले वास्तविकता बुझ्न सघाउ पुर्यातयो। दाहाल, नेपाल र खनालको पालामा शान्ति प्रक्रिया अघि नबढेको तर भट्टराईको कार्यकालमा गति पाएको भन्नु, प्रधानमन्त्री हुँदा र नहुँदा भट्टराईले खेलेको भिन्नाभिन्न्ौ भूमिकाप्रति आँखा चिम्लिनु हो। जसरी खनाल सरकारको कार्यकालमा भएको अधिक वर्षाको साइनो खनालसँग थिएन, त्यसरी नै विगतको कटुताबाट पाठ सिकेर तीन दलले शान्ति प्रक्रियामा हाँसिल गरेको प्रगतिसँग रबरस्ट्याम्पको रुपमा रहेका भट्टराईको कुनै साइनो र सम्बन्ध छैन।
डमीलाई कोट, माओवादीलाई भोट
रुपान्तरण भएर आए पनि माओवादी लोकतान्त्रिक नेपालको भरपर्दो र नमुनायोग्य अगुवा बन्न सक्दैन। 'पशु खेद्नू पछि लागी, मान्छे खेद्नू अघि लागी' त्यसै भनिएको होइन। अनिच्छापूर्वक, जनदबाबले घिसारिएर मूल धारमा आएकाले माओवादीले भोट पाउनु र कपडा पसलमा उभ्याइएको पुतला (डोमी) ले कोट पाउनु एउटै थियो। एक पार्टी, दुई कार्यनीति अख्तियार गरी माओवादीभित्रका गुटहरु तँ हानेजस्तो गर, म रोएजस्तो गर्छु शैलीको धुर्त्याइँ गरिरहेको हुनसक्ने भएकाले ढुक्क हुने अवस्था छैन। उल्का पिण्ड कुन ग्रहको कहाँनेर ठोक्किँदैछ भन्ने गणित ज्योतिषीले भन्न सक्छ। तर, वायुको गति र चापमा आउने फेरबदलले विन्दुमा ल्याउनसक्ने अन्तरबारे भन्न सक्दैन। त्यसरी नै माओवादी सामदामको सामना गर्न पनि उसका प्राप्तिको गणित ज्योतिषदृष्टि मात्र पर्याप्त छैन, मौसम विज्ञानदृष्टि पनि त्यतिकै अपरिहार्य छ।
source:http://nagariknews.com/

माओवादी विवादको चुरो

एकीकृत नेकपा (माओवादी) भित्र लामो समयदेखि चल्दैआएको आन्तरिक विवाद चुलीमा पुगेको छ। गत माघ १ गते सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र उपाध्यक्ष मोहन वैद्य 'किरण'ले प्रस्तुत गरेका दुवै प्रस्ताव थाती राखी साझा प्रस्ताव तयार गरी फुटको संघारमा पुगेको पार्टीलाई एक ढिक्का बनाएर लैजाने निर्णय भएको थियो। निर्णयबमोजिम माघ महिनाभर राजनीतिक प्रशिक्षण सञ्चालन गर्ने, दुवै प्रस्तावलाई तल्लो कमिटीसम्म बहस लागि लैजाने र फाल्गुन १ गते १७ औँ 'जनयुद्ध' दिवस मनाउने सहमति भएको थियो। फाल्गुनको पहिलो साता राष्ट्रिय सहमतिको सरकार गठन गर्न अधिकतम प्रयत्न गर्ने र जनसंविधान निर्माणका लागि जनदबाब सिर्जना गर्न जनसंघर्षका कार्यक्रम संचालन गर्ने निर्णय भएको थियो। त्यसपछि पार्टीभित्रको विवाद केही मत्थर हुँदा माओवादीभित्रकोे विवाद समाप्त भएको हो कि भन्ने अनुमान गर्न थालिएको थियो। वैद्य समुहले संयुक्त राष्ट्रिय जनसंघर्ष समितिको तर्फबाट चैत्र ४ गते पत्रकार सम्मेलन गरी संस्थान पक्षलाई चुनौती दिँदै तीन महिने संघर्ष कार्यक्रम घोषणा गरेपछि भने विवाद सडकमै आइपुगेको छ। वैद्य पक्षले शान्ति र संविधान बिथोल्न छुट्टै आन्दोलनका कार्यक्रम घोषणा गरेको र वैद्य पक्षसँग राजनीतिक कार्यदिशा फरक परेको कारण पछिल्लो अन्तरसंघर्ष चर्किएको विश्लेषण संस्थापन पक्षले गरेको छ। यसको समाधान राजनीतिक, वैचारिक संघबाट हुने विश्लेषण संस्थापन पक्षले गरेको छ। संविधानसभामा सबैभन्दा ठुलो र सरकारको नेतृत्वसमेत गरेको दलमा संविधान निर्माणलाई निर्णायक विन्दुमा पुर्याभउने दायित्व पुरा गर्ने बेला चर्केको आन्तरिक विवाद जन चासोको विषय बन्न पुगेको छ।
माओवादीभित्र लामो समयदेखि नै फरक कार्यदिशाकै कारण विवाद चल्दै आएको छ। विसं २०६१ मा फुन्टीवाङ बैठकसम्म आइपुग्दा पार्टीभित्र रणनीतिक लक्ष्य र कार्यनीतिक कार्यदिशाबीचमा एकरूपता रहे पनि २०६२ असोज-कार्तिकमा भएको चुनवाङ बैठकले संसद्वादी राजनीतिक दलहरूसँग सहकार्य गर्ने र लोकतान्त्रिक गणतन्त्रको तात्कालिक कार्यनीतिक कार्यदिशा तय गरेको थियो। त्यसैको परिणामस्वरूप १२ बुँदे समझदारी भयो। त्यही समझदारीकै जगमा १९ दिने जनआन्दोलन भयो। विसं २०६४ चैत्र २८ गते संविधानसभाको निर्वाचन सम्पन्न भयो र २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गरी मुलुकलाई गणतन्त्र घोषणा गर्यो०। त्यति बेलासम्म कार्यनीतिक कार्यदिशाबमोजिम पार्टी अघि बढेकाले राजनीतिक, वैचारिक रूपले पार्टीभित्र खासै विवाद थिएन।
अध्यक्ष दाहालले २०६३ साल मंसीर ५ गते विस्तृत् शान्ति सम्झौता गर्ने क्रममा '२०५२ सालदेखि चलिआएको सशस्त्र युद्ध समाप्त भएको घोषणा गर्दछौँ' भन्ने बुँदामा हस्ताक्षर गरेपछि माओवादी पार्टीभित्र विवाद सुरु भयो। पार्टीको मूल नेतृत्वले 'जनयुद्ध' समाप्त भएको घोषणापत्रमा हस्ताक्षर गर्ने, 'जनयुद्ध'कै प्रक्रियामा निर्माण गरिएका आधार इलाका, नयाँ जनसत्ता र जनसरकार विकल्प बिनै खारेज गर्दै अघिबढ्दै गएपछि माओवादीभित्र विवाद चर्केको थियो।
विवादको अन्तरवस्तु र चुरो के हो भने चुनवाङ बैठकले निर्क्योल गरेको लोकतान्त्रिक गणतन्त्रको कार्यदिशालाई रणनीतिक लक्ष्यका रूपमा बुझ्दै पुँजीवादी गणतन्त्रलाई आफ्नो लक्ष्य बनाउनु थालेपछि पार्टीको आधिकारिक जनगणतन्त्रको लक्ष्य प्राप्तिको लाइन र दृष्टिकोणमै अन्तर परेपछि पार्टीभित्र अन्तरविरोध उत्पन्न हुनथालेका हुन्। वैद्यहरूले चुनबाङ बैठकदेखि नै पार्टीको मूल नेतृत्वले क्रान्तिकारी कार्यदिशालाई परित्याग गरेर सुधारवादी कार्यदिशा आत्मसात गर्न पुगेको आरोप लगाउन थालेपछि विवाद चर्कियो।
कार्यनीतिकै कारण २०६५ मंसीरमा खरिपाटी भेलामा अन्तरसंघर्ष उत्कर्षमा पुगेको थियो। त्यस भेलाले जनसंविधानसम्बन्धी कार्यदिशा ठोस गर्योम। तर त्यसलाई मुख्य नेतृत्वले कार्यान्वयन नगरे आलटाल गर्न खोजेपछि २०६७ मंसीर पालुङटार बैठकसम्म आइपुग्दा विवाद पुन चरमउत्कर्षमा पुग्यो। तर पालुङटारमा कुनै निर्णय हुन सकेन। त्यसपछि बसेको केन्द्रीय समितिको बैठकले जनविद्रोहको कार्र्यदिशा पारित गर्योा। बाबुराम भट्टराईले त्यस निर्णयलाई अस्वीकार गरेपछि पार्टीभित्र पुनः विवाद चर्किएको थियो। संविधान पारित गर्ने मिति नजिकिँदै गर्दा दाहालले जनविद्रोहको कार्यदिशा स्थगित गरेर शान्ति र संविधानको कार्यदिशा पारित गराएपश्चात् वैद्यले असहमति जनाएर फरक मत जाहेर गरेपछि पार्टीभित्र अन्तरसंघर्ष झनै उत्कर्षमा पुग्यो।
माओवादीभित्रको विवाद चुलिँदै जानुमा युद्धकालीन अवस्थामा नेतृत्वकेन्द्रीकरण गर्ने नाममा सम्पूर्ण प्राधिकार दाहाललाई सुम्पनुले नेतृत्व निरंकुश बन्दै गएका कारण पनि विवादको विषय बन्यो। पार्टीलाई बहुपक्षीय पद्धतिमा ल्याएर नेताको कार्य विभाजन गरेर सामूहिक नेतृत्व निर्माण गर्न प्रयास गरिए पनि दाहालमा रूपान्तरण देखिएन। फलस्वरूप, धोबीघाट भेलाले रूपान्तरणसहितको सामूहिक नेतृत्व प्रणाली निर्माण गर्ने निर्णय गर्योफ। त्यसपछि बसेको केन्द्रीय समितिको बैठकले कार्यविभाजन गरे पनि स्वयं दाहालले नै पालना नगरेपछि पुनः समस्या खडा हुन पुग्यो। पछिल्लो समयमा आएर पार्टी निर्णयविपरीत चार बुँदे सम्झौता, बिपा सम्झौता, सात बुँदे सम्झौता गर्नु र सेना समायोजनलगायतका विषयमा एक पक्षीय ढंगले अगाडि बढ्नुले पार्टीभित्र विवाद चर्किदै गएको हो।
माओवादीभित्रको विवादको अर्को चुरो के हो भने पार्टी अध्यक्षसँग कुनै विचार नहुने र पार्टीले निर्णय गरेका आधिकारिक लाइन छोड्दै जाने, कहिले वैद्यहरूमाथि त कहिले भट्टराईमाथि टेकेर अर्को पक्षलाई पेलेरै लैजाने प्रवृत्तिले विवाद बढ्दै गएका हो। विवादको अर्को विषय विभिन्न समूहसँग पार्टी एकता गर्दै जाने तर नयाँ आउनेहरूलाई पार्टीको विचार र सिद्धान्तका बारेमा सैद्धान्तिक वैचारिक प्रशिक्षण नदिने, प्राविधिक बहुमत जुटाएर फरक विचार राख्नेलाई पेलेर लैजाने प्रवृत्तिका कारण पनि पार्टीभित्रको विवाद मौलाउँदै गयो। साथै पार्टीभित्रका इमानदार तथा क्रान्तिकारी नेता कार्यकर्तालाई पन्छाउँदै अवसरवादी चरित्रभएका व्यक्तिलाई साथमा लिएर आगाडि बढ्ने, विविध क्षेत्रका विषय विज्ञको सल्लाह सुझाव लिन नखोज्ने, सानो पारिवारिक घेराभित्रबाट पार्टी चलाउन खोज्ने कार्यशैलीका कारण पनि विवाद बढ्दै गएको हो।
माओवादी पार्टीभित्र विगत लामो समयदेखि आर्थिक अपारदर्शिता कायम रहँदै आएको छ। पार्टीको मुख्य नेतृत्वमा रहेका अध्यक्ष दाहाललाई नै आर्थिक अपारदर्शिताको आरोप लाग्दै आएको छ। व्यवहारमै आर्थिक अनियमितताको पुष्टि पनि भइसकेको छ। यसले पार्टी आर्थिक अनियमितता माथिदेखि तलसम्म मौलाएको छ। पार्टीभित्र अभिजात्य वर्गको जन्म भएको छ। आर्थिक विचलन केन्द्रदेखि स्थानीय तहसम्म मौलाएको छ। यो पनि विवादको महत्वपूर्ण अंश बन्न पुगेको छ। दाहालको बुर्जुवा जीवन शैलीले पनि विवादको आगोमा घिउ थप्ने काम गर्दैआएको छ। पार्टीका नीति, सिद्धान्त र विचारलाई परित्याग गर्दै जानु, नेपाली क्रान्तिका मूल्य मान्यतालाई छाड्दै जानु, आफ्नै हातले निर्माण गरेको 'जनमुक्ति' सेनालाई प्रतिक्रियावादी सेना लगाएर आत्मसमर्पण गराउनु र एकलौटी ढंगले फरक मत राख्नेलाई पेल्दै जाने अधिनायकवादी व्यवहार प्रदर्शन गर्नुले नै यी विवाद समस्याका रूपमा चुलिँदै गएका हुन्। यस्ता समस्यालाई बेलैमा समाधान नगर्ने हो भने माओवादी पार्टी विसर्जनको सिकार बन्ने निश्चित छ। यसबाट सबैभन्दा बढी घाटा माओवादीलाई नै हुन्छ।
लेखक एकीकृत नेकपा (माओवादी) का केन्द्रीय सल्लाहकार एवम् केन्द्रीय अनुशासन विभागका सदस्य हुन्
source:http://nagariknews.com/